कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

0
Shares

कर्णाली ।

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका छ, नेकपा (माओवादी केन्द्र) का १२ र नेकपा (एकीकृत समाजवादी) को तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा आज दिउँसो ४ः०० बजे मुख्यमन्त्रीमा नेता शाहीले प्रदेश प्रमुख कलौनीसमक्ष दाबी पेस गर्नुभएको थियो ।

आज साँझ ७ः३० बजेको समय सीमाभित्र नेता शाहीको मुख्यमन्त्रीमा एकल दाबी पेस भएपछि प्रदेश प्रमुख कलौनीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कर्णाली प्रदेशसभामा यस्तो छ हिसाब किताब

कर्णाली प्रदेशसभामा हाल ३५ सदस्य छन् । सत्ता गठबन्धन दलमध्ये कांग्रेसका छ, नेकपा माओवादी केन्द्रका १२ र नेकपा ९एकीकृत समाजवादी० का तीन प्रदेशसभा सदस्य गरी २१ जना छन् । प्रदेशसभामा नेकपा एमालेका भने सभामुखसहित १३ र राप्रपाका एक सदस्य रहेका छन् ।