४६९ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौ‌ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ११५ जनाको पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५५५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।