मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, आजै मन्त्रिमण्डल गठन हुने


न्युज अफ नेपाल, काठमाडौं ।

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयले राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

नवनियुक्त मुख्यमन्त्री राईले आजै दिउँसो सपथग्रहण गर्ने तयारी भइरहेको छ । साथै उनले आज सानो आकारको ४ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी समेत रहेको बताइएको छ ।यसअघि विश्वासको मत जुटाउन नसकेर निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार राजीनामा दिएका थिए । त्यसपछि मुख्यमन्त्रीका लागि परेको दाबीका आधारमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सोमबार नै राईले ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई नेकपा एकीकृत समाजवादी, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बलियो समर्थन रहेको बताइएको छ ।