रुपन्देहीमा टिप्परले ठक्कर दिँदा वृद्धाको मृत्यु


यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको बुटवल भैरहवा सडक खण्डको शंकरनगरमा जेब्रात्रसिङबाट सडक पार गर्दै गरेकी वृद्धालाई लु २ ख २२१६ नम्बरको टिप्परले ठक्कर दिँदाज्यानगएको छ ।

आज बिहान सडक पार गर्दे गरेकी७८ वर्षिया प्रेमकुमारी आचार्यको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।गुल्मी कालीगण्डकी गाँउपालीका घर भई तिलोत्तमा ३ सिता राईस मिल नजिकै बस्दै आउनु भएकी आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आचार्यलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।आचार्यलाई ठक्कर दिएर टिप्पर फरार भएपनि पछि सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।