धावनमार्गमा बँदेलसँग ठोक्किँदा सीता एयरको जहाज दुर्घटना

0
Shares

काठमाडौँ ।

सीता एयरको जहाज बँदेलसँग ठोक्किदा दुर्घटना भएको छ ।

मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा हुम्लाको सिमिकोट उड्ने क्रममा रहेको नाइन एन एएचएबी कल साइन जहाज बँदेलसँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको विमानस्थलले जानकारी दिएको छ ।

तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भाग भने प्वाल परेको छ ।