लम्पसारवादी नेताका कारण जनताले दुःख पाए



नेपालमा हिन्दु बाहुल्य राज्य हो । यहाँ थुप्रै नाम कमाएका प्रसिद्ध मठमन्दिरहरू छन् । देशभर भनौं वा उपत्यका भित्र भएको सार्वजनिक मठ मन्दिरहरूमा भक्तजनहरू पूजा गर्न जाने गर्दछन् । आप्mनो इच्छा र गच्छेले भक्तजनहरूले भेटी चढाउँछन् ।

मन्दिरमा भक्तजनले चढाएको भेटी सरकारले संकलन गरेको छ ? त्यो पैसा राज्यको ढुकुटीमा गएको छ ? एउटा मन्दिरमा दिनौं लाखौं भक्तजनहरूले पूजा गरेर भेटी चढाउने गर्दछन् । एक जनाले घटीको पाँच रुपिँया र बढीमा हजार रुपियाँसम्म चढाउँछन् ।

किनकि, अहिले एक दुई रुपियाँको सिक्का पाउन निकै मुस्किल छ । मन्दिरमा जनताले चढाएको यत्रो पैसा कहाँ जान्छ ? पुजारीले कुम्ल्याउँछन् कि व्यक्तिको नाममा जान्छ ? राज्यको ढुकुटीमा जाने सम्भावना निकै कम देखिएको छ । कुन मन्दिरमा कति भेटी संकलन भयो । यसको तथ्यांक पनि राखिएको छैन ।

यत्रो मान्छेले कति भेटी चढाए ? त्यो कहाँ गयो भन्ने विवरण पनि राखिँदैन । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई पनि यसको मतलब छैन् । मन्दिरमा पूजा गर्न बसेका पुजारीहरूलाई पनि नेपाल सरकारले राजनीतिक भागबन्डामा नियुक्ति गरिएको छ ।

मन्दिरमा पूजा गर्न बसेका पुजारी राजनीतिक पार्टीका सदस्य हुन् । उनीले पार्टीलाई चन्दासमेत दिने गरेका छन् । २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिका पुजारीलाई चलाउँदा र सरकारी कर्मचारी एक जनालाई पदबाट हटाउँदा भारतले दाहाललाई प्रधानमन्त्रीबाट हटायो ।

नेपालको राजनीति नेपाली जनताको हातमा छैन । राजनीतिक दलले पनि नेपालको राजनीति चलाउन पाउँदैनन् । नेपालको राजनीतिको चाबी भारतको हातमा छ भनेर बाबुराम भट्टराईले आपूm प्रधानमन्त्री भएको बेला बोलेका थिए । जनताबाट चुनिएर आएको जनप्रतिनिधि र सांसदले मतदान गरेको व्यक्ति प्रधानमन्त्री बनेका हुन्छन् ।

नेपालको संविधानमा रहेर प्रधानमन्त्री बनेको हुन्छन् । तर पशुपतिको प्रधानमन्त्री फेर्न खोज्दा र एकजनाकर्मचारी हटाउदा दाहाल पदबाट हटेको थिए । नेपालको राजनीतिक दलहरूले मलाई पार्टीको अध्यक्ष, सभापति र प्रधानमन्त्री बनाइदिनोस् भनेर भारतको शरणमा पर्दाको फल हो यो ।

भारतको इजाजतबिना नेपालको राजनीतिक दलहरूले रुखको पातसमेत हल्लाउन पाउँदैनन् । भारतको मद्दतबिना नेपालका राजनीतिज्ञहरूले केही गर्न सक्दैनन् भन्ने कुरा पारदर्शी छ । भारतका अघि लाचार पर्दा अहिले देश विकास हुन सकेन । जनताले पाउनुपर्ने सेवा सुविधाबाट जनता नै वञ्चित छ ।

हाम्रो मुलुकका राजनीतिक दलहरू पहिला भारतको विरोध गर्छन् । भारतको विरोध गरेर जनताले चिनिसकेपछि त्यही भारतको अगाडि हात फैलाउन पुग्छन् । आफ्नो व्यक्तिगत फाइदाका लागि भारतको शरणमा पुग्छन् । तर, यिनीहरूलाई यसको परिणामको ज्ञान भने फिटिक्कै छैन ।

जतिखेर भारतको अगाडि लम्पसार पर्दा आज नेपालका उद्योग कलकारखाना सिद्दिसकेका छन् । खेतीयोग्य जमिन पनि भारतकै कारण घर बनाएर सिद्धिसकेको छ । नेपालका नेताहरूलाई भ्रष्टाचार गर्न सिकाउने नै भारत हो । भारतले गर्दा आज हामी नेपाली परनिर्भर हुन सिक्यौं ।

भारत आप्mनो रणनीतिमा यति सफल भयो कि नेपाललाई नै खोक्रो बनाइदियो । नेताहरूको व्यक्तिगत स्वार्थका कारण ठूलो आर्थिक संकटको चपेटामा अब नेपालीहरू पर्नेछन् । जनता र राष्ट्र बिर्सिएर अरूको लहैलहैमा लाग्दा नेपाल कहिले पनि आत्मनिर्भर बन्न सकेन ।
पशुपतिमा भएका पुजारी फेर्न पनि भारतको इजाजत चाहिने । पशुपतिमा भएका पुजारी सबै भारतकै हुन् भनेर जनता भन्छन् । हाम्रो देशका खोलानालादेखि मठमन्दिर सबै भारतले आफ्नो कब्जामा लिइसकेको छ । हाम्रो नेपालको भूमि पनि भारतले मिचेको कुरा प्रष्टै सुनिन्छ ।

नेपाली जनताको ससाना आवश्यकता भारतबाट ल्याउनपर्छ । गाँस, बास, कपास, गाडी, औषधी सबै चीजबीज भारतबाट आयात हुन्छ । भारतले आफ्नो देशलाई व्यापारको थलो बनाएको छ । भारतले नेपाललाई बेरोजगार बनाइदिएको छ । हाम्रो देशको दिमाग नभएको नेताहरूका कारण आज नेपाल रोगी बनेको छ ।

बाहिरबाट आउने भइसकेपछि मिहिनेत किन गर्न प¥यो भन्ने सोचका कारण नेपालीहरू अल्छी भए । कलकारखाना सबै भारतले बन्द गराइदियो । भएका जग्गा जति सबै घर बनाए सिद्धिए । अनि कहाँबाट हुन्छ देशविकास ? भान्सामा दिनहुँ प्रयोग हुने हरियो तरकारीसमेत भारतबाट आयात हुन्छ ।

जलस्रोतको धनी देश भनेको छ पानी त भारतबाट किन्नपर्ने स्थिति आउन बेर लाग्दैन । यसलाई आत्मनिर्भरता भनिन्छ ? अरूले दिए खाने नत्र छैन । जनताले राजनीतिक दलका नेताहरूलाई विश्वास गरेर मतदान त गरे । तर, कसैको स्वार्थको भ¥याङ बनेको थाहा पाएनन् ।

भारतलाई जब मन लाग्छ तब नाका बन्दी गप्यो । २०७२ सालमा जनताबाट चुनिएर आएका सांसदले नेपालको संविधान बनाउँदा भारतले नेपालमा नाकाबन्दी ग¥यो । आफ्नो चाहनाअनुसार नेपालको संविधान नबन्दा भारतले नाकाबन्दी ग¥यो । भारतले नेपालको नाकाबन्दी गर्दा नेपाली जनताले दुःख पाए ।

त्यही भारतको विरोध गरेर केपी ओली प्रधानमन्त्री बने । आफू प्रधानमन्त्री बने तर जनता र राष्ट्रका लागि केही गरेनन् । जनतालाई झुठो आश्वासन दिएर ओली सत्तामा पुगे । अब आउने चुनावमा ओलीले कसको विरोध गर्ने हुन् ? भन्ने नै हो भने ओली खनखुर विरोधी हुन् । उखान टुक्काको प्रयोग गर्दै जनतालाई भ्रममा राख्ने यिनको काम हो ।

अझै पनि जनतालाई ढाँटेर फेरि पनि प्रधानमन्त्री बन्न सक्छु कि भन्ने सपना देखेर बसेका छन् ओली । तर, जनताले सबै राजनीतिक दललाई चिनिसकेका छन् । भारतका दलालीहरू नेपालमा राजनीति क्षेत्र चलाएर बसेको छन् । दिउँसो भारतको विरोधी, राती मोदीको प्रिय साथी ।

यस्ता नेताहरूले अझै पनि देशमा विकास गर्छु भन्नु कतिसम्म सान्दर्भिक कुरा हो । बरू राजनीति छोडेर सन्न्यास लिए भइहाल्यो । आपूmले गरेको पापको त प्रयाश्चित होला ।
नेपाली अक्षर पढ्न नसक्ने अर्थात् अनपढ नेताहरू अहिले अंगे्रजी भाषाका आन्दोलनकारी हुन् । आफ्नो जमानाको जनता सम्झन्छिन् अनि सात दशकअघिको भाषण ठोक्छन् । सात दशकअघिको जनता र अहिलेको जनतामा आकाश पातालको फरक यी दलालीहरूले ठम्याउन सकेनन् ।

नेताहरू भाषण दिँदै दिउँसै रात देखाउँछन् । जनतालाई भ्रममा पार्दै धमिलो पानीमा माछा मार्न खोज्ने दलालीहरूमा बुद्धि भन्ने चीज नआउने नै भयो । अहिलेका राजनीतिज्ञहरूको पृष्ठभूमि गुण्डागर्दी गर्ने, मान्छे मार्ने र उधारो खाने मात्रै हो । व्यक्तिगत सम्पत्ति केही नभएका, एकजोर चप्पल लगाउन नसक्ने दलालीहरूले राजनीति गरेर आफ्नो तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन् ।
राजनीति गर्ने भन्दै व्यापार गरे । राजनीतिको आडमा यिनीहरूले केसम्म गरेनन् होला । तर हामी जनता पनि त्यस्तै छांै । यस्ता फट्टाको भाषण सुन्न जाने हामी नै हौ । यिनीहरूको कार्यकर्ता पनि हामी नै बनेका छौं । यिनीहरूको छोराछोरी पाल्नलाई समेत हामीले नै लेबी तिरेको छांै ।

बोल्न नजान्ने, अक्षर नचिनेकाहरूको भाषण सुन्न जाने पनि हामी नै हांै । हाम्रो गल्तीका कारण यिनीहरूको हौसला बढेको छ । हामीले तिरेको करको दुरुपयोग गर्नेलाई कारबाही गर्नु नसक्नु नै हाम्रो गल्ती हो । अहिलेका नेताहरूलाई समातेर लगेर जेल हाल्ने र यिनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने हो भने देश विकास गर्न ऋणको खोजीमा कहीँ पनि जानुपर्दैन ।

नेपाल सरकारले विदेशीसँग लिएको ऋण एउटा व्यक्तिको थाप्लोमा ५८ हजार रुपियाँ छ । यी दलालहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने हो भने विदेशीको ऋण सबै तिरिसकिन्छ । यो सम्भव पार्नका लागि जनताहरू सडकमा उत्रिनैपर्छ ।

सुरेश थापा, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्