मुख्यमन्त्री आचार्यले राजीनामा दिने तयारी


काठमाडौं ।

विश्वासको मत प्राप्त नहुने भएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा राजीनामा घोषणाको तयारी गरेका छन् ।

मुख्यमन्त्री आचार्यले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भए पनि विश्वासको मत नपुग्ने भएपछि राजीनामाको तयारी भएको नेता हिक्मत कार्कीले जानकारी दिए ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद् छन् ।