प्रधानन्यायाधीशविरुद्ध आज पनि कानून व्यवसायीहरु विरोध प्रदर्शनमा


काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध राजीनामा माग्दै आन्दोलन कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् ।

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो पट्टी  कालो ब्यानर बोकेर प्रद्धर्शनमा उत्रिएको छन् । साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिने उनीहरुको पूर्वनिर्धारित कार्यक्रम छ ।

नेपाल बार एशोसिएसनको अगुवाइमा जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । १६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय एशोसिएसनले गरेको छ ।