गोर्खाली स्प्रिड अनुसार काम गर्नुहोस: खेलकुद मन्त्री अथक

नेपालीहरूको मायाँले नेपाल फर्किए: अल्मुताईरी


काठमाडाै‌   ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकर नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीबिच पहिलो पटक औपचारीक भेट भएको छ । थप ३ वर्षका लागि नेपाली टिमको प्रशिक्षकका रूपमा नेपाल फर्किएका अल्मुताईरीको स्वागतमा खेलकुद मन्त्रालयले आईतबार विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

सिंहदरबारस्थित मन्त्रालयमै आयोजना गरीएको उक्त कार्यक्रममा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ९अथक० ले अल्मुताईरीलाई दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गर्नुभयो । नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अल्मुतारीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गर्नुभयो । मन्त्री अथकले अल्मुताईरीको आगमनपछि नेपाली खेलकुद क्षेत्रमा तरङ्ग उत्पन्न भएको र यसले विशेष गरी नेपाली फुटबलमा बेग्लै आशा जागेको बताउँदै गोर्खाली स्प्रिडलाई कायम राख्दै अगाडी बढ्न आग्रह गर्नुभएको हो ।

“तपाईले नेपाली फुटबलमा मात्र नभई सिङ्गो खेल क्षेत्रलाई तरङ्गीत बनाउनुभएको छ”, मन्त्री अथकले भन्नुभयो, “नेपाली फुटबल खेलाडीलाई गोर्खाली शैलीमा खेल्न प्रोत्साहित गरेर फुटबल विकासमा नयाँ आश जगाउनुभएको छ । सरकार तपाईँको साथमा छ, ढुक्क भएर काम गर्नुहोस ।”विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको भन्दै मन्त्री अथकले खुसी ब्यक्त गर्नुभयो ।

स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुतारीले नेपाल र नेपालीहरूको मायाँले आफू पुन नेपाल फर्किएको बताउनुभयो । आजको दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफुलाई धेरै माया दिएको बताउनुभयो । नेपालको खेलका दौरान तथा आफू माल्दिभ्समा रहँदा समेत खेलकुद मन्त्रीले आफुलाई निरन्तर टेलिफोन गरेर हौसला प्रदान गरेको र नेपाल आएलगत्तै मन्त्रालयमा बोलाएर स्वागत गरेकोमा अल्मुताईरीले मन्त्री अथक र मन्त्रालय प्रति आभार ब्यक्त गर्नुभयो ।

माल्दिभ्स बसाईको क्रममा बिभिन्न देशले ठुलो रकममा आफुलाई प्रशिक्षककालागि प्रस्ताव गरेपनि नेपालीहरूको माया सम्झिएर आफू पुन नेपाल फर्किएको बताउँदै अल्मुताईरीले भने, “माया भन्दा ठुलो कुरा पैसा होईन ।”मन्त्रालयका कर्मचारी र एन्फाका पदाधिकारीहरुको समेत उपस्थितीमा भएको स्वागत कार्यक्रममा मन्त्री अथक र अल्मुताईरीबिच फुटबलको विकासका सन्दर्भमा करिब ४५ मिनेट लामो छलफल भएको थियो । शनिवार नेपाल फर्किएका अल्मुतारीको थप तीन वर्ष नेपालका लागि फुटबल प्रशिक्षकका रूपमा काम गर्नुहुने भएको छ ।