राष्ट्रपति भण्डारी आज मनाङ जाँदै


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाने भएकी छन् । राष्ट्रपति भण्डारी भार्ताङ मनाङ डिस्याङ गाउँपालिका वडा नम्बर १ स्थित एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्न जान लागेकी हुन् ।

आज सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत उनी अवलोकन भ्रमणका लागि मनाङ पुग्ने कार्यक्रम छ ।

एग्रो मनाङ प्रालि स्याउ फार्मलगायत गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गर्ने राष्ट्रपति कार्यलय स्रोतले जनाउको छ ।