वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता थपलियाले दिए राजीनामा

0
Shares

वाग्मती । वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट  राजीनामा दिनुभएको छ । उहाँले वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष  राजीनामा दिनुभएको भएको हो ।

नेकपा ९एमाले०ले वाग्मती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका थपलियाले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि  राजीनामा दिनुभएको हो । एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि थपलियाले पनि  राजीनामा दिनुभएको हो ।

विसं २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफरिसमा उहाँ मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएको थियो । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हुने व्यवस्था छ । उहाँले आफूले पाएको जिम्मेवारी प्रभावकारीरुपमा पूरा गरेको बताउनुभयो ।