काठमाडौ । भारतीय स्थल सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्माले भारतको औपचारिक भ्रमण गर्नु हुने भएको छ ।
प्रधानसेनापति शर्माको भारत भ्रमणलाई मन्त्रिपरिषदको बुधबार बसेको बैठकले स्वीकृत गरेपछि उहांले कार्तिक २३ देखि २६ गते सम्म भारत भ्रमण गर्नु हुने भएको छ ।
उहांले भ्रमणका क्रममा भारतीय सेनाको मानार्थ महारथीको सम्ममान ग्रहण गर्नुहुने भएको छ । भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविद, रक्षा मन्त्री राजनाथ सिंह, भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभाणे लगायतका उच्च सैनिक अधिकारीसंग भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया