विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला


काठमाडौं ।  

देशका विभिन्न स्थानमा तीन जनाको शव मृत अवस्थामा फेला परेको छ । धादिङमा थाक्रे गाउँपालिका-२ समनटार डेरा गरी बस्दै ज्याला मजदुरी काम गर्ने खोटाङ बतासे घर भएका ३६ वर्षीय राज कुमार राई सोही ठाउँस्थित सडक किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सिरहा नरहा गाउँपालिका-५ सिरहा चोहर्वास्थित सडक छेउमा बिष्णुपुर गाउँपालिका-२ बस्ने ६५ वर्षीय कुसुन यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यता झापा, बाह्रदशी गाउँपालिका-५ घोडामारास्थित पैनीमा सालनाल सहितको नवजात शिशुको शव बिहीबार वेवारिसे अवस्थामा फेला परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।