नेपाली शान्ति सैनिकहरूको मेडल परेड सम्पन्न


काठमाडौं ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि यूएनएसमिल लिवियामा तैनाथ श्री स्पेसल गार्ड युनिट  (शा.से.) तेश्रो डफ्फामा सहभागी नेपाली शान्ति सैनिकले मेडल परेड गरेका छन् ।

लिबियाका लागि राष्ट्रसंघका महासचिवका विशेष दूत जान कुबिसको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

उक्त समारोहमा प्रमुख अतिथि कुबिसले सम्बोधनमा नेपाली शान्ति सैनिकले विश्वका द्वन्दग्रस्त मुलुकमा शान्ति स्थापनार्थ गरेको योगदानको कदर गर्नुको साथै नेपाली शान्ति सैनिकको व्यवसायीक क्षमताको समेत खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा यूएनएसमिल मिसनका उच्चपदस्थ अधिकारीहरु, यूएनएसमिल हेड क्वाटरमा विभागीय प्रमुख र यूएन एजेन्सीका प्रमुख तथा अन्य स्टाफको उपस्थिति रहेको थियो ।