शाहरुखका छोरा आर्यन खान धरौटीमा रिहा


एजेन्सी ।

भारतको मुम्बईस्थित आर्थर रोड जेलमा राखिएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान धरौटीमा रिहा भएका छन्। मुम्बईस्थित उच्च अदालतले आर्यनलाई शुक्रबारबाट धरौटीमा छाड्ने फैसला गरेको हो।

उच्च अदालतको सुनुवाइपछि आर्यनलाई हाललाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो। यसअघि दुई पटकसम्म आर्यनको रिहाइका लागि गरिएको निवेदन अदालतले अस्वीकार गरेको थियो।

आर्यनलाई भारतको राष्ट्रिय लागु औषध अनुसन्धान ब्यूरोले ३ अक्टोबरमा एक जहाजबाट पक्राउ गरेको थियो। आर्यनसँगै अन्य केहीलाई लागु औषधको प्रयोग तथा कारोबार गरेको आरोपमा पक्राउ गरिएको थियो।आर्यनसहित आठ व्यक्ति गत अक्टोबर ३ मा मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भएको ड्रग्स पाटीमा पक्राउ परेका थिए ।