स्वर्गीय शिक्षाविद् राजवंशीको अर्ध वार्षिकी श्रद्धाञ्जली सभा आयोजना


काठमाडौं ।

शिक्षाविद् एंव पूर्व सभासद् स्व लक्ष्मण राजवंशीको अर्ध वार्षिकी श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिएको छ ।आज परेको अर्ध वार्षिकी दिन पारेर बालाजु वनस्थली स्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट प्रांगणमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।

१९९२ सालमा काठमाडौको वटुमा जन्मिएका राजवंशीको गत बैशाख ११ गते लोकतन्त्र दिवसको दिन नर्भिक हस्पिटलमा निधन भएको थियो । ०७० संविधान सभाको सभासद् समेत रहेका स्वं राजवंशी सिद्धार्थ वनस्थली संस्थापक प्राचार्य थिए ।

  श्रद्धाञ्जली सभामा परिवारजन, विद्यालयका शिक्षक,कर्मचारी ,विद्यार्थी, पत्रकार,साहित्यकार लगायतले फुल गुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

सभालाई सम्बोधन गर्ने बेलामा निकै भावुक बन्नेका छोरा रुपक राजवंशीले पिताले गरेका कार्यको सम्झना गर्दै उनका बाँकी सपना पुरागर्ने बताए  ।

स्वं लक्ष्मण राजवंशी एक कुशल शिक्षक मात्र नभई साहित्यकार र त्यागी राजनीतिज्ञ थिए । आफ्नो अडानमा कहिले पनि पछि नहट्ने राजवंशीलाई राजादेखि गणतान्त्रिक सरकारमा कयौं पटक मन्त्रीको अफर गरेपनि स्वीकार गरेनन् । शिक्षा सैद्धान्तिक भन्दा पनि व्यवहारिक हुनु पर्नेमा जोड्दिने स्व.लक्ष्मण राजवंशीको आत्मले चिर शान्ति पाओस् सबैले कामना गरेका छन् ।