बाग्मतीमा मुख्यमन्त्री पाण्डे सहित तीन मन्त्रीले शपथ लिदै

0
Shares

काठमाडौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेसँगै तीन मन्त्रीले शपथ लिने भएका छन् । गठबन्धनमा सम्मिलित काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक– एक जना मन्त्री बन्ने भएका छन ।

पाण्डे नेतृत्वको सरकारमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, काँग्रेसका कृष्णलाल भँडेल र माओवादी केन्द्रबाट कुमारी मोक्तानले शपथ लिने तयारी गरेका छन । उनीहरुले पाउने मन्त्रालयबारे भने गठबन्धनबीच छलफल जारी रहेकाले सपथ ग्रहणका बेलासम्म टुंगो लाग्ने बताइएको छ ।