हवाई टिकट पारदर्शी बनाउन माग, बिमानस्थलमा यात्रु अलपत्र



दयाराम पण्डित,बाजुरा  । 

बाजुराको कोल्टीबाट उडान हुने हवाई सेवालाई प्रभावकारी वनाउन बुधवार दिउसो  बुढीनन्दा नगरपालिकाको अग्रसरतामा सर्वपक्षीय बैठक बसेको छ । बुढीनन्दा नगरपालिका कानगर प्रमुख पदम कुमार गिरीको अध्यक्षतामा बसेको बैठकले हवाई यात्रालाई प्रभावकारी र टिकट वितरणलाई प्रभावकारी, पारदर्शि बनाउन विभिन्न कार्य गर्ने निर्णय गरेको छ ।

सर्वपक्षीय बैठकले विमान कम्पनीहरुले आफ्नो कार्यालयमा अनिवार्य रुपमा रजिष्टर तयार पोर्न साथै रजिष्टरमा रहेको क्रम संख्या अनुसार मात्र प्रत्यक दिन वेलुका ४ बजे देखि ६ बजे सम्म टिकट वितरण गर्ने निर्णय गरेको छ । टिकट वितरणमा अनियमित भएको गुनासो आएपछि  बैठकले उडान हुने फलाईटमध्ये १० वटा टिकट अनिवार्य रुपमाकोल्टीमा रहेको कार्यालयबाट वितरण गर्नु पर्ने र बाँकीहवाई कम्पनीको नियमानुसार बितरण गर्ने , बिमारीको सन्दर्भमा रिफर पुर्जी र संवेदन शिलतालाई प्राथमिकता दिन सम्बन्धित कम्पनीलाई निचोर्दिएको छ ।

  नेपाल सरकारले तोकेको र हवाई कम्प निको नियमानुसार दररेट कायम गर्ने लगायतका निर्णय गरिएको छ । बैठकमा बाजुरा जिल्ला समन्वय समितिकाप्रमुख नरेन्द्रकुमार रोकाया,नगरप्रमुख गिरी सहित वडाध्यक्ष लगायत अन्य जन प्रतिनिधिहरू, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढा, इलाका प्रहरी कार्यालय प्रमुख देवेन्द्रराज जोशी नागरिक उड्यन कार्यालय प्रमुख श्रीकृष्ण रिजाल, यएरलाइन्स कम्पनीका प्रमुख प्रतिनिधि पत्रकार र नागरिक समाजलगायतको सहभागिता रहेको थियो ।

यसैबिच हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ६का स्थानिय दिलक रोकायाले करी दुई साता पछि नेपालगञ्ज उड्नपाएको बताउनुभएको छ । दंशै मनाएर गत२९गते हुम्लाहुदै बाजुरा पुग्नुभएका रोकायाले बुधबारमात्रहवाई टिकट पाएपछि नेपालगञ्ज उड्नपाएको बताउनुभएको हो । हुम्लाहुदै कोल्टी पुग्नुभएका रोकायाले कोल्टीमा टिकट नपाउँदा करी दुई साताकोल्टीको बसाइँपछि बुधवार मात्र बल्ल नेपालगञ्जजान पाएको बताउनुभएको छ ।गत असोज २९ गते कोल्टी विमानस्थलपुगे पनि टिकट पाउन नसक्दा कोल्टीमा थन्किएको बताउनु भएको छ गाडीबाट जाँउ बाटो अवरुद्ध छ, हजाई जहाजबाट जाने टिकट नपाईने समस्याले कोल्टीमा बस्नुपरेको उहाँको भनाई छ । आज टिकट पाइन्छ, भोली टिकट पाइन्छ, पर्सित पक्कै पाइन्छ भन्ने आसले कोल्टी कुर्दा १२ दिन सम्महोटेलको वसाईमा १८ हजार तिर्नुपरेको उहाँले बताउनुभएको छ ।

बाजुराको कोल्टीमा हवाई सेवा नियमित नभएपछि यात्रु समस्यामा, टिकट वितरणमा समेत मनोमानी भइरहेको गुनासो बढेको छ  । जिल्लाकै एकमात्र विमानस्थल रहेको बाजुराको कोल्टीमा पछिल्लो समय यात्रुहरुको चाप वढिरहेको छ । बाजुराको उत्तर पूर्वी क्षेत्रका साथै हुम्ला र मुगु जिल्लाको समेत सेवा क्षेत्रमा पर्ने कोल्टी विमानस्थलबाट एक साता यतानियमित सेवा नहुँदा यात्रुहरु मर्कामा परिरहेका छन । सिमितविमानकम्पनीहरुले मात्रै फ्लाइट गर्ने कोल्टीमा दंशै यता नियमित उडान नहुंदा यात्रुको चापथपिएको र सेवाप्रवाहगरिरहेकाकम्पनीहरुले पनिमनोमानि टिकट वितरण गर्ने र आफ्ना मान्छे मात्र पठाउने गरेकायात्रुले बताएका छन ।

हवाई जहाजका लागि टाढा टाढाबाट आएका स्थानियले समयमा टिकट नपाएको बताउदै उहाँले सिमित पैसा हुनेका लागि होटेलमा वस्न खाननिकै ठुलो समस्या हुने गरेको बताउनुभयो ।निजि एअरलाईन्स र सरकारी जहाज गरी तिन वटा जहाजले दैनिकफलाईट गरे पनियात्रुको चापअत्याधिकभएकाले उडान गर्न अझै समस्या हुने गरेको बताइएको छ ।जिल्ला भरि पैदल तथा मोटर बाटाहरु ब्लक छन् ।बाजुार लगायतहुम्ला  मुगुकायात्रु पनिबाजुरा आउने गरेका छन् । दिन दुई तिन फ्लार्ईट हुन्छन् । यात्रुहरु दिनमा दुई सय बढी हुन्छन् । ब्यबस्थाप नगर्नै गाह्रो भएको छ कोल्टी विमानस्थल टावर प्रमुख रिजालले भन्नुभयो  ।

प्रतिक्रिया दिनुहोस्