ओलीलाई देउवाको जवाफ: सबै न्यायाधिशको राजीनामा माग्नु गैरजिम्मेवार


काठमाडौं ।

काग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा पुर्नस्थापनाको आदेश दिने सबै न्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने अभिव्यक्ति गैरजिम्मेवार भएको बताउनु भएको छ ।

नेपाल तरुण दलको स्थापना दिवशको अवसरमा वुधवार वालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले परमादेशको आदेश दिने सबैलाई हटाउनुपर्छ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित नहुने बताउनु भएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक संसद भंग गरेको भन्दै देउवाले त्यसको खिलापमा सर्वोच्चले परमादेश जारी गरेर संविधान र प्रजातन्त्र बचाएको बताउनु भएको थियो । एमाले अध्यक्ष ओलीले मंगलबार पालिका अधिवेशन उद्घाटन गर्दै परमादेश ल्याउने सबैले राजीनामा दिनुपर्ने बता।उनु भएको थियो ।

ओलीले जथाभावि बोल्ने काम छैन भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– ओलीजीले संसद भंग गरेर त्यसको खिलापमा सर्वोच्चले परमादेश जारी गरेर नेपालको संविधान बचाएकोले परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा गर्न हुन्न । संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको भन्दै देउवाले त्यसको विरोध नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह पनि गर्नुभएको छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले वाणिज्य मन्त्री नियुक्त भई राजीनामा दिएका गजेन्द्र हमाल कांग्रेसकै मानिस भएको पनि बताउनु भएको छ । न्यायालयलगायत विभिन्न सवालमा गठबन्धनमा आवश्यक छलफल गर्ने बताउदै प्रधानमन्त्री देउवाले अदालतमा उठेका कुराबारे धेरै बोल्न जरूरी नभएको भन्दै अदालतको कुरा अदालतले नै मिलाउने बताउनु भएको थियो ।