थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो


काठमाडौं ।

चीनबाट खरिद गरेको १० लाख २० हजार डोज कोरोनाविरुद्धको भेरोसेल खोप काठमाडौं आइपुगेको छ। उक्त खोप बुधबार बिहान काठमाडौं आइपुगेको हो।

नेपाल र चीन सरकारबीच कोभ्याक्स कष्ट सेयरिङअन्तरगत ५९ लाख डोज खरिद गर्ने सम्झौता भएको थियो । सोही सम्झौताअनुसार बुधबार आएको यो पहिलो लट हो।

अब केही दिनभित्रै खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि पनि चीन सरकारले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो।