काठमाडौ ।
सिन्धु बिकास बैकको दोलालघाट शाखामा कार्यरत शाखा प्रमुख सुमन खरेलले १ करोड ७९ लाख ९० हजार ८ सय ५६ रुपिया हिनामिना गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
दोलालघाट शाखामा दैनिक जम्मा हुने रकम एनसीसी बैकको बाह्रबिसे शाखामा जम्मा गर्नु पर्नेमा शाखा प्रमुख खरेलले उक्त रकम जम्मा नगरी आफ्नो खातामा जम्मा गरी बैकको सम्पर्कबाट बाहिर गएको उजुरी परेपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरी कारवही अगाडि बढाएको छ ।











प्रतिक्रिया