बुधबार सेयर बजार ७८ अंकले बढ्यो



न्युज अफ नेपाल , काठमाडौं ।

सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ७८ दशमलव ८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको छ ।

मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२७ कम्पनीको ११ करोड चार लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।

आज सबै समूहको सूचकमा हरियाली छाएको छ । मंगलबार होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै प्रतिशतले उकालो लागेको छ । सो समूहको सूचकमा सात प्रतिशतभन्दा धेरैको सुधार भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्