रुपन्देहीमा आकांक्षी धेरै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनमा एमालेलाई सकस

ओलीको भाषणको पौडेलद्धारा कपी पेस्ट


यमलाल भुसाल, बुटवल ।

रुपन्देहीमा पार्टीका उपमहा सचिवद्धय विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्लामाअधिकांश स्थानीय तहमा नेतृत्वका लागि आकांक्षी धेरै हुँदा नेतृत्व मिलाउन सकस परेको हो ।

एमालेको स्थानीयतहको अधिवेशन आज भइरहेको छ । रुपन्देहीका एक उपमहानगरपालिका, पाँच नगरपालिकासहित १६ स्थानीय तहमा आकांक्षीहरू यतिबेला आफ्नो पक्षमा लबिंग गरिरहेका छन् । नगर अध्यक्षका लागि बुटवल उपमहानगरपालिकामा बर्तमानअध्यक्ष वाबुराम पंन्थी सहित ६ जना आकांक्षी छन् ।

तिलोत्तमानगरपालिकामा नगर अध्यक्षका लागि मिन प्रसाद पोखरेल, नेत्र बन, सुरेन्द्रश्री बिश्वकर्मा, तामनाथ पाण्डेले लबिङ गरिरहेका छन् । हालका नगर कमिटी अध्यक्ष मोहन चापागाईले भने सोही पदमा दोहोरिने इच्छा देखाएका छैनन् । उनी जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख समेत हुन् । सिद्धार्थनगर नगर कमिटीको अध्यक्ष कालागि ध्रुव अधिकारी, थानेश्वर पौडेल र चक्रबहादुर थापाले दाबी प्रस्तुत गरेका छन् । वर्तमान नगर अध्यक्ष रहेका चोपलाल आचार्य फेरि दोहोरिने मनस्थितिमा छैनन् । देवदह नगरपालिका मानगर कमिटी अध्यक्षका लागि चार जना आकांक्षी देखिएका छन् । हालका अध्यक्ष प्रकाश अर्यालले फेरि दोहोरिन खोजेका छन् भने टीकारामचापागाईले पनि दावी प्रस्तुत गरेका छन् ।

सैनामैना नगर कमिटी अध्यक्षका लागि बाहाल वाला नगर अध्यक्षनारायण न्यौपानेसँगै शालिकराम भण्डारी र जीवनाथ पाण्डेले दाबी पेश गर्ने मनस्थिति बनाएका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिका मानगर अध्यक्षमा वर्तमानअध्यक्ष रामचन्द्र यादवले नदोहोरिने सोच बनाएका छन् भने प्रेस चौतारीका पूर्वकेन्द्रीय सदस्य समेत रहेका वीरेन्द्रकुमार मिश्र, निसाहर अहमद खाँ, जगदीश यादव, विनोद कहार अध्यक्षपदका दावेदार छन् ।कन्चन गाउँपालिकामा वर्तमान अध्यक्ष भरतमणि सापकोटा नै अध्यक्ष हुने निश्चित भइसकेको छ ।  गैडहवा गाउँ कमिटी अध्यक्षमा विद्यार्थी नेता सन्दिप गुप्तासँगै भुवन राना, नगेन्द्र प्रताप कुर्मी अध्यक्षका आकांक्षी देखिएका छन् ।

यसै बीच नेकपाएमालेका उपमहा सचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पाँच दलीय गठबन्धन सरकारलाई तास र बालुवाको घरको संज्ञा दिनु भएको छ । एमाले तिलोत्तमाको नगर अधिवेशनमा मंगलवार बोल्दै नेता पौडेलले केही दिन अघि अध्यक्ष केपी ओलीले गरेको भाषणको कपी पेस्ट गर्नु भयो ।पौडेलले भन्नु भयो, ‘एमालेले चाहेमा जति सुकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बदल्न सक्छौँ । तर, हाम्रो चाहना अहिले सरकार होइन । पार्टीको संगठन निर्माण हो । हाम्रो सम्पूर्ण तागत र क्षमता संगठन निर्माणमा केन्द्रित छ ।’  आफूहरू सिंहदरबारबाट केही महिनाका लागि मात्र बाहिरिएको पौडेलको भनाइ छ ।