परमादेश जारी गर्ने पाँचै जना न्यायाधिसले राजीनामा दिनुपर्छ : ओली


न्युज अफ नेपाल, काठमाडौं । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट परमादेश गरेर सरकार बनाउने पाँचै जनाले राजीनामा दिनुपर्ने बताएका छन्।पालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले पाँच जना श्रीमानले परामादेश दिएकाले प्रधानन्यायाधीशको मात्र राजीनामा मागेर नपुग्ने बताएका हुन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको राजीनाम माग गरेका छन् । ओलीले राज्यका सबै अंग प्रभावकारी हुनुपर्ने धारणा राखेका छन् ।

ओलीले पाकिस्तानी शैलीमा परादेशबाट सरकार गठन भएको बताए। एमालेबाहेकका सबै शक्ति एकै ठाउँ हुँदा पनि विकास हुन नसकेको टिप्पणी गरे।