अब टिकटकमा ५ मिनेट बढीको भिडियो राख्न सकिने


न्युज अफ नेपाल,काठमाडौं ।

टिकटकमा अब ५ मिनेट बढीको भिडियो राख्न मिल्ने भएको छ । टिकटकमा यसअघि ३ मिनेटसम्मका भिडियो अपलोड गर्न सकिन्थ्यो ।

यस्तै उक्त ५ मिनेटको भिडियो साइज भने २ जिबी भन्दा कम हुनुपर्ने टिकटकले उल्लेख गरेको छ । टिकटक पछिल्लो समय संसारभर लोकप्रिय बनिरहेको छ । सुरुमा १५ सेकेण्डको भिडियो अपलोड गर्न मिल्ने गरी सुरु भएको यो एपमा हाल ५ मिनट बढी बनाइएको छ ।

प्रयोगकर्तामा देखिएको रुची र बढ्दै गएको लोकप्रियता तथा यसले थपिरहेका फिचरहरुका कारण यसले भविष्यमा युट्युबलाई समेत टक्कर दिने समभावना बढेको कतिपयको भनाई छ ।