बलिउडमा बाँडियो राष्ट्रिय पुरस्कार


बलिउड फिल्म क्षेत्रका विभिन्न विधामा भारत सरकारले प्रदान गर्ने राष्ट्रिय फिल्म अवार्डको ६७आंै संस्करण सोमबार भारतको राजधानी दिल्लीमा सम्पन्न भएको छ।

भारतीय केन्द्र सरकार सूचना तथा प्रसारण मन्त्रालयअन्र्तगत फिल्म फेस्टिभल निर्देशनालयद्वारा आयोजना गरिएको अवार्ड वितरण समारोहमा विजेताहरूलाई भारतका उपराष्ट्रपति वेकैया नायडुले अवार्ड वितरण गरेका थिए। यस वर्षको सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड छिछोरेले जितेको छ भने निर्देशकको अवार्ड फिल्म बहत्तर हुर्रेबाट सञ्जय पुरण सिंह चौहानले जिते।
अभिनेताको अवार्ड फिल्म भोसलेबाट मनोज बाजपेयी र तेलुगु फिल्म असुरनबाट धनुषले जिते। अभिनेत्रीको अवार्ड भने फिल्म मणिकर्णिका र पंगाबाट कंगना रनावतले जितिन्। फिल्म सुपर डिलक्सबाट सह–अभिनेताको अवार्ड विजय सेतुपतिले, द ताशकंद फाइल्सबाट सह–अभिनेत्रीको अवार्ड पल्लवी जोशीले जितिन् भने यही फिल्मले संवादको अवार्ड पनि चुमेको छ। फिल्म केसरीको तेरी मिट्टी बोलको गीतबाट गायकको अवार्ड बी प्राकले तथा मराठी फिल्ममा समावेश बार्दो बोलको गीतबाट गायिकाको अवार्ड सावनी रवीन्द्रले चुमिन्।

अटोबायोग्राफीको अवार्ड फिल्म खासीबाट लेवदुहले, पटकथाको अवार्ड फिल्म गुमनामीले, छायांकनको अवार्ड फिल्म जालीकट्टुले, क्रिटिक फिल्मको अवार्ड सोहिनी चटोपाध्यायले, फिल्म फ्रेन्डली स्टेटको अवार्ड सिक्किमले, नन फिचर फिल्मको अवार्ड वाइल्ड कर्नाटकले, बाल फिल्मको अवार्ड हिन्दी फिल्म कस्तुरीले, मौलिक पटकथाको अवार्ड बंगाली फिल्म ज्यष्ठोपुत्रीले, कोरियोग्राफीको अवार्ड तेलुगु फिल्म महर्षीले, स्टन्टको अवार्ड कन्न्ड फिल्म अवाने श्रीमान् नारायणले, सम्पादनको अवार्ड तेलेगु फिल्म जर्सीले चुमेको छ भने सिनेमासम्बन्धी पुस्तकको अवार्ड सञ्जय सुरीको लेखन रहेको अ गान्धियन अफेयर : इन्डियाज क्युरियस पोर्टेयल अफ लव इन सिनेमा नामक पुस्तकलाई दिइएको छ।

स्पेसल मेन्सन अवार्ड भने मलायम फिल्म बियानी, आसामी फिल्म जोनाकी पोरुवा, मराठी फिल्म लता भगवान् कारे र पिकासोलाई दिइयो। वातावरण सचेतनामूलक फिल्मको अवार्ड टर बुरीअललाई, सर्वाधिक मनोरञ्जन प्रदान गर्ने फिल्मको अवार्ड तेलुगु फिल्म महर्षीलाई, राष्ट्रिय विषयको फिल्मको अवार्ड ताजमहललाई, सामाजिक फिल्मको अवार्ड मराठी फिल्म आनंदी गोपाललाई प्रदान गरिएको छ। गत वर्ष कोरोना महामारीका कारण रोकिएको अवार्ड समारोहमा सुपरस्टार रजनीकान्त दादा साहेब फाल्के अवार्डबाट सम्मानित भएका छन्।

समारोहमा भारतका अलग अलग भाषाका फिल्मलाई सर्वोत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको थियो। जसअन्र्तगत तुलु फिल्म पिंगरा, पनिया फिल्म कंजिरा, मिसिनगन फिल्म अनुरुवड, खासी फिल्म लेवडु, हरियाणवी फिल्म छोरिंया छोरोंसे कम नही, छत्तिसगढी फिल्म भुरन दी मजे, तेलुगु फिल्म जर्सी, तमिल फिल्म असुरन, पञ्जावी फिल्म रब द रेडियो, ओडिया फिल्म साला बुराड बदला और कलिया अतितु, मणीपुरी फिल्म इगिकोना, मलायलम फिल्म कलानोत्तम, मराठी फिल्म बारडो, कोकणी फिल्म काजरो, कन्नड फिल्म अक्षीं, बंगाली फिल्म गुमनामी र आसामी फिल्म रोनुवा हु नेवर सरेन्डर्सले सर्वोत्कृष्ट फिल्मको अवार्ड चुमेका छन्।