पोखरामा जलरंग चित्रकला कार्यशाला

14
Shares

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागको आयोजना र गण्डकी प्रज्ञा–प्रतिष्ठान गण्डकी प्रदेश, पोखराको सह–आयोजनामा प्रयोगात्मक जलरंग चित्रकला कार्यशाला सम्पन्न भएको छ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागकी प्रमुख सुष्मा राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रम प्रतिष्ठानका कुलपति केके कर्माचार्यले क्यानभासमा चित्र कोरेर शुभारम्भ गरेका थिए। कार्यक्रममा दल बहादुर गुरुङ, ज्योति गुरुङ, हेमकान्ति गुरुङ, महेन्द्र प्रसाद गुरुङ, हरेराम ज्योजु, आलोक गुरुङ, यादव चन्द्र भुर्तेल, ढाका पराजुली, रिक गुरुङ, रमेश श्रेष्ठ, निशान थापा, लक्ष्मी पुन, आकाश गुरुङ, एस कुमार, गोपाल दराई, शारदा नेपाली, कमल गुरुङ, अमृत कार्की, झविन्द्र गुरुङ, बाबुराम बस्ताकोटी, युवराज लामिछाने, शिव सिर्पाली, माधव शाही, सुरेन्द्र अधिकारी, देवेन्द्र थुम्केली, एनवी गुरुङ, बुद्धि गुरुङलगायत सहभागी ४० कलाकार सहभागी भएका थिए। समारोहमा प्राज्ञ बुद्धि गुरुङले पोखरामा पहिलेदेखि नै धेरै कलाकारले काम गरेको स्मरण गरे। गण्डकी प्रदेशका सदस्य सचिव मनकुमार श्रेष्ठ हजारांै शब्दले बोल्न नसकेको कुरा एउटै चित्रले बोल्ने चर्चा गरे। प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले यस प्रकारको कार्यक्रमले कलाको विकासका लागि ज्यादै महत्व राख्ने जनाए।