माया पिरेममा टिकटक स्पर्धा

940
Shares

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित गीत माया पिरेमको म्युजिक भिडियोमाथि टिकटक प्रतिस्पर्धा हुने भएको छ।

टिकटक प्रयोगकर्ताको अनुरोधमा सो गीतमा अभिनय गरी टिकटक बनाउने उत्कृष्टलाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने घोषणा निर्माण समूहले गरेको छ। ट्री इन्टरटेनमेन्टको ब्यानरमा तयार भएको गीतमा उत्कृष्ट प्रतियोगीलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने भएको छ।

टिकटकमा ट्री इन्टरटेन्मेन्टको युट्युबमा सो गीतको क्लिपहरू राखिएको छ। प्रतियोगीहरूले आयोजकले दिएको विभिन्न ह्यास्ट्याप प्रयोग गर्दै भिडियो बनाउनुपर्ने प्रावधान राखिएको छ। भ्युज र लाइकको आधारमा विजेता घोषणा गरिने आयोजकले जनाएका छन्। कलाकार देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको पनि अभिनय रहेको भिडियो अहिले युट्युबको ट्रेन्डिङमा छ।