पर्यटन प्रर्वद्धनका लागि पर्यटन बोर्ड र भारतको टाईबीच सम्झौता

490
Shares

काठमाडौं (नेस) ।

नेपाल पर्यटन बोर्ड (एनटीबी) र भारतको ट्राभल एजेन्टस् एसोसिएसन अफ इन्डिया (टाई) बीच दुवै देशको पर्यटन प्रवद्र्धनका लागि आपसी सहकार्य गर्ने सम्झौता भएको छ ।

नयाँ दिल्लीमा एक कार्यक्रमका बीच नेपाल पर्यटन बोर्ड (एनटीबी) का कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र ट्राभल एजेन्टस् एसोसिएसन अफ इन्डिया (टाई) का अध्यक्ष ज्योति मायालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमहरू इभेन्ट, रोडसो, वेवीनार जस्ता कार्यक्रमहरूमा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्टजस्ता कार्यक्रममा आमन्त्रण गर्ने लगायतका विषयहरू समावेश रहेका छन् ।

भारत नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेकोले यस सम्झौताले नेपालको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताउनुभयो ।

एक अर्को देशमा भएका पर्यटन प्रर्वद्धनका राम्रा अभ्यासहरू आदान प्रदान गर्दा दुवै देशको पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।