नेप्सेमा सुधारको संकेत



काठमाडौं ।

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले उकालो लाग्दा लगानीकर्तामा उत्साह छाएको छ । नेप्सेका अनुसार आइतबार बिहानैदेखि उकालो लागेको बजार २७ दशमलव ५१ अंकले बढेर २ हजार ५८४ को विन्दुमा पुगेको छ ।

आइतबार बजारमा कारोबार भएको व्यापार समूह बाहेकका सबै समूहको परिसूचक उकालो लागेको छ । जसमा सबैभन्दा बढी अंकको वृद्धि भने उत्पादनमूलक समूहमा देखिएको छ । नेप्सेका अनुसार आइतबार उत्पादनमूलक समूहको परिसूचक १०५ अंकले उकालो लागेको छ । यस्तै वित्त, विकास बैंक र जीवन बिमा समूहको परिसूचकमा ८९, ७२ र ६७ अंकको वृद्धि भएको छ ।

यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचक ६ दशमलव १३ अंकले उकालो लागेको छ । बजारमा २ सय २५ कम्पनीका ५८ लाख १८ हजार २५ कित्ता सेयर ३८ हजार १ सय ४७ पटक किनबेच हुँदा कारोबार रकम भने २ अर्ब ७७ करोड ३४ लाख रुपियाँमा सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्