अल्छी पतिको महँगो माछा मार्दै टिकटक बनाइयो

79.43k
Shares

जाकर्ता, (एजेन्सी) ।

हालसालै निकै भाइरल हुन पुगेको एउटा टिकटकमा एकजना इन्डोनेसियाली महिलाले पतिको अल्छीपनाको विरोधमा उनको निकै महंगो पाल्तु माछा मारेर पकाएको देखिन्छ । टिकटक प्रयोगकर्ता मिया कुरिनियावानले ८ अक्टोवरमा पोस्ट गरेको सो टिकटकमा झन्डै ३ लाख अमेरिकी डलर मूल्यसम्म पर्नसक्ने तथा एसियामा पाइने एरोवाना प्रजातिका माछाको कत्ला निकालेर ती महिलाले मज्जाले तावामा तारिरहेको देखिन्छ ।

एसिया वनका अनुसार कुरिनियावनले यस्तो लेखेकी छन्–‘जतिपटक सम्झाउँदा पनि मेरो पतिले एक्वारियम सफा गरुँला भन्दै टार्दै आएका थिए, त्यसैले मैले यो माछा तारेर खाँदा नै स्वादिलो हुने विचार गरेँ ।’

उनले भिडियोमा पाकेको माछा देखाउँदै ‘लौ, पाकिसकेको माछा खानलाई ठीक भयो’ भनेको र अन्त्यमा बुढी औंला र चोर औँलाले मुटुको आकार बनाएको देखिन्छ । त्यसैगरी यसपछि अपलोड गरिएको उनको अर्को टिकटकमा उनले आफूलाई माफ गर्दै लाग्नेले विश्वकै सबैभन्दा महँगो मानिने त्यस्तै अर्को पाल्तु माछा किन्न लागेको बताएकी छन् ।

दक्षिणपूर्वी एसियाको सफा जलीय क्षेत्रमा पाइने यस माछालाई ड्रेगन फिस पनि भनिन्छ ।