काठमाडौ । राजधानीमा पुन फोहोर उठ्न छाडेको छ । सडक किनारामा फोहरका डंगुर देखिएका छन ।
काठमाडौ उपत्यकाको फोहोर ब्यवस्थापन गर्दै आएको सीसडोल भरिएको र नयां फोहोर ब्यवस्थापनकालागि तयार गरिएको बन्चरेडांडामा फोहोर ब्यवस्थापन गर्ने भनिएपनि बिवादका कारण राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको छैन ।
दशैको लामो बिदाका कारण फोहोर उठ्न नसकेको दावी काठमाडौ महानगरपालिकाले गरेको छ । कामनापा बातावरण बिभाग प्रमुख हरि श्रेष्ठले भने फोहोर उठ्न थालेको दावी गर्नु भएको छ । अहिले पनि चोक चोकमा फोहोर थुप्राहरु जता ततै देख्न सकिन्छ ।
प्रतिक्रिया