बाढीपहिरोले पुर्‍याएको क्षतिबारे निरीक्षण गर्न प्रधानमन्त्री देउवा बझाङ आउँदै


ललित सिंह, बझाङ ।

ललित सिंह बझाङ कार्तिक ४ प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न आज बझाङ आउने भएका छन् ।

लगातारको बर्षाका कारण बझाङमा ठुलो मानविय तथा धनजनको क्षति भयको छ । प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपालिका – ४ डिख्ला र सदरमुकाम चैनपुरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री देउवा संग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहने छन् ।

प्रधानमन्त्री देउवाले बझाङको बाढीपहिरो प्रभावित क्षेत्र थलारा गाँउपालिकाको डिखला र सदरमुकाम चैनपुरको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । प्रधानमन्त्री आउने भय पछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।