दीपक र भवानीको जोडी फाइनलमा


काठमाडौं, (नेस) ।

दीपक लामा र भवानी थापाको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

गोठाटारको विष्टमा भइरहेको प्रतियोगितामा दीपक र भवानीको जोडीले बाबुराम ढकाल र भुवन तामाङको जोडीलाई २१–८ र २१–१४ को सोझो सेटमा पराजित गरे ।

फाइनलमा उनीहरूको भेट प्रकाश पराजुली र कुमार पन्तको जोडीसँग हुनेछ । अर्को सेमिफाइनलमा प्रकाश र कुमारको जोडीले टंक पराजुली र विश्व पौडेलको जोडीलाई १८–२१, २१–१४ र २१–१४ को सेटमा हराएका थिए ।