एउटा प्लेट १७लाख डलरमा बिक्री


लन्डन,(एजेन्सी) ।

इसाईहरूको पवित्र ग्रन्थ बाइबल सम्बन्धी दृश्य अंकित एउटा १६ औं शताब्दीको प्लेट स्कटल्यान्डमा १७लाख अमेरिकी डलरभन्दा बढीमूल्यमा बिक्री भएको छ । सो प्लेटको चित्रकलाकार निकोला डा.अर्विनोले तयार पारेका थिए । वेलाइती लिलाम गृह लियन इन्ड टर्नबुलले आफ्नो कम्पनीको युरोपेली सेरामिक्स विशेषज्ञले सो चित्रबारे परीक्षण गरिरहेको बताएको छ ।

एक महिलाले स्कटिस सिमानास्थित ग्रामीण घर लोबुड हाउसको एउटा ड्रयरमा सो प्लेट फेला पारेकी थिइन् । बाइबलमा उल्लेखित साम्सन र डेलिलाहको कथामा आधारित सो चित्रनिकोलाले करिब सन् १५२० देखि १५२३ बीच तयार पारेको अनुमान गरिएको छ ।

इटालियन माटोबाट बनाइएको ‘माइओलिका’नामक यो प्लेट निकै अमूल्य भएको लिलाम गृहले जनाएको छ । यो प्लेट १लाख ९ हजार देखि १ लाख ६३ हजार डलरसम्ममा बिक्री हुने अनुमान गरिएको थियो । यो अनलाइन मार्फत लिलाम भएको हो ।