ग्यालेक्सी अवार्ड हुने

376
Shares

राजधानीमा ग्यालेक्सी एक्सिलेन्स अवार्ड २०२१ हुने भएको छ। लामो समयदेखि इभेन्ट आयोजना गर्दै आएको भवानी इन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्तरूपमा यो अवार्ड आयोजना गर्न लागेको हो।

आफ्नो पेसाबाट राष्ट्रलाई योगदान पुर्‍याउँदै आएका स्रष्टा, सर्जक, कलाकार, पत्रकार, शिक्षाविद्, समाजसेवी तथा व्यवसायीलगायतलाई अवार्ड प्रदान गरिने कार्यक्रम आगामी कात्तिक १३ गते राजधानीमा हुने आयोजकले जानकारी गराएका छन्।