जसपाले टुंग्यायो मन्त्रीको नाम


न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

जसपा शीर्ष नेताहरुबीच शुक्रबार बिहान बसेको बैठकले देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको हो । निर्णय अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साह जसपाको तर्फबाट मन्त्री बन्ने भएका छन्

जसपाले सरकारमा भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय पाउने भएको हो ।