प्रतिनिधिसभाको बैठक बस्दै, संघीय निजामती र रेल्वे विधेयक फिर्ता लिँदै सरकार


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधिसभा बैठकबाट सरकारले संघीय निजामती र रेल्वे विधेयक फिर्ता लिने भएको छ । दिउँसो १ बजे बस्ने लागेको प्रतिनिधिसभाको बैठकमा सो विधेयक फिर्ता लिने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव पेश गर्नेछन् । त्यस्तै, राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।