नेप्सेमा ४७ अंकको वृद्धि


काठमाडौं, (नेस) ।

लगातार दोस्रो नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । बुधबार नेप्से ६८ दशमलव ४७ अंकले बढेर २६८१ दशमलव ११ बिन्दुमा पुगेको छ। यस दिन कारोबार रकममा पनि केही सुधार भएको छ। मंगलबार ३ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा बुधबार ४ अर्ब ५० करोड ६ लाख ५८ हजार रुपियाँको कारोबार भएको छ ।

नेप्सेमा कारोबारमा भएका १३ वटै समूहको सूचक बढेको दिन १९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन बेष्ट फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, ग्रामीण विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्तलगायतका कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। तर, रिडि हाइड्रोपावर कम्पनी, ङादी ग्रुप पावर, सिनर्जी पावर, सिभिल बैंकलगायत कम्पनीको शेयर मूल्य घटेको छ । बुधबार सिटिजन्स बैंकको सबैभन्दा धेरै २३ करोड ४ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । एनआईसी एसिया लघुवित्तको १६ करोड ८५ लाख, निर्धन उत्थानको १६ करोड ७८ लाख, हिमालयन डिस्टिलरीको १४ करोड ७५ लाख, छिमेक लघुवित्तको ११ करोड १८ लाख र नेपाल बैंकको १० करोड ६३ लाख रुपियाँको शेयर कारोबार भएको छ।