विन्डोज ११ विश्वभरि प्रक्षेपित



वासिंगटन,(एजेन्सी) ।

विश्वभरि मंगलबारदेखि माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टमको सबैभन्दा पछिल्लो संस्करण विन्डोज ११ प्रक्षेपण गरिएको छ । विन्डोज १० प्रयोगकर्ताले निःशुल्क अपग्रेड गरेर यसको सेवा लिन सकिने बताइएको छ ।

विन्डोजका प्रमुख उत्पादन अधिकारी पानोस पानाएले प्रयोगकर्ताहरूका लागि ‘ताजा, सफा र सरल’ सेवा प्रदान गर्न पछिल्लो संस्करणको निर्माण गरिएको बीबीसीलाई बताएका छन् । उनले भनेका छन्, ‘नयाँ अपरेटिङ सिस्टम पक्कै पनि सबैले सजिलै चलाउन सकिने किसिमले निर्माण गरिएको छ । प्रविधिसम्बन्धी निकै कम ज्ञान भएका प्रयोगकर्ताहरूले पनि सजिलै अपग्रेड गर्न सक्छन् । मेरा ८९ वर्षिय बुबाका लागि पनि यसलाई अपग्रेड गर्न सजिलो हुनेछ । विशेषज्ञ प्रयोगकर्ताहरूले पनि विन्डोजको भित्री परीक्षण प्रोग्रामको बृहत् परीक्षण गरिसकेको छ । त्यसैले त्यति कठिन कुनैै विषय देखिँदेन । स्टार्टमा थिचे मात्र पुग्छ, आफैं अपग्रेड हुन्छ । हुन त विन्डोज १० निस्कँदा माइक्रोसफ्टले त्यो नै स्टिमको अन्तिम संस्करण हुने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्