ग्लोरिया नौ वर्षमै यौन शोषणको शिकार


हाल यौन शोषणविरुद्धको आवाज दुनियाँ भरबाट उठ्न थालेको छ। आम मानिस मात्र नभएर संसारका चर्चित सेलिब्रेटी समेतले कुनै न कुनै बेला यौन शोषणको शिकार हुनुपर्ने रहेछ भन्ने तथ्य हलिउड तथा बलिउड फिल्म जगतबाट बेला बेला आइरहने यौन शोषणका समाचारबाट पुष्टि हुँदै आएको छ।

हालै पनि हलिउड अभिनेत्री एवं गायिका ग्लोरिया स्टेफनले आफू नौ वर्षको उमेरमा यौन शोषणको शिकार भएको खुलासा गरेकी छिन्। उनले ‘रेड टेबल टक’ नामक कार्यक्रममा एक अन्तर्वार्ताको क्रममा आफूमाथि आफन्तबाटै यौन शोषण भएको बताएकी हुन्। ‘जुन व्यक्तिलाई मेरी आमाले धेरै विश्वास गर्थिन्, त्यही व्यक्तिबाट मलाई यौन शोषण भएको थियो।

मेरी आमाले ती व्यक्तिले मेरो राम्रो ख्याल राख्छ भन्ने सोच्थिन्। तर, त्यही व्यक्तिले मलाई दुव्र्यवहार गथ्र्यो’ उनले खुलासा गर्दै भनेकी छिन् ‘तीव्यक्ति मेरो नजिकका आफन्त थिए। उनी मलाई संगीत सिकाउने गर्दथे। मसँगको पहिलो भेटमा नै ती व्यक्तिले मेरी आमासामु मेरो बारेमा यति धेरै तारिफ गरिदिएकि उक्त व्यक्तिले मलाई राम्रो व्यवहार गर्छ भन्नेमा मेरी आमा ढुक्क भइन्। तर, पछि उनले माथि गालीगलौज र पछि यौन दुव्र्यवहार गर्ने कोशिस गरे। ग्लोरियाले आफूमाथि भएको नराम्रो व्यवहारबारे आमालाई बताइदिन्छु भन्दा ती व्यक्तिले आमालाई मारिदिने धम्की दिए पनि पछि आमाको सहयोगमा प्रहरीसमक्ष उक्त घटना पुर्‍याएर ती व्यक्तिलाई सजाय दिन सफल भएँ।’