रावणको मृत्यु


एजेन्सी ।

वरिष्ठ अभिनेता अरविन्द त्रिवेदीको हृदयघातबाट निधन भएको छ ।

रामानन्द सागरको रामायणमा रावणको भूमिका निभाएका त्रिवेदीको ८२ वर्षको उमेरमा मंगलबार राती निधन भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार केही समय यता उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

उनको अन्तिम संस्कार बुधबार बिहान मुम्बईमा हुने बताइएको छ।