दाफा गीत सार्वजनिक

282
Shares

वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले ८९ वर्षीय गायक गुह्‌येश्वरी राज मानन्धरद्वारा स्वरबद्व परम्परागत दाफा गीतहरू सार्वजनिक गरेका छन्‌।

नेपालभाषा साहित्यका जनकवि दुर्गालाल श्रेष्ठ‚ बौद्ध विद्वान् फणिन्द्र रत्न बज्राचार्य‚ चर्या गुरु यज्ञमान पति बज्राचार्यका साथमा जोशीले संयुक्तरूपमा दाफा गीतको भर्चुअल एल्बम सार्वजनिक गरेका हुन्‌। कार्यक्रममा मानन्धरका सात गीत सार्वजनिक गरिएको थियो। ती गीतमा संगीतकार हरिशरण सायमीले संगीत संयोजन गरेका छन्‌। मानन्धरको गीत श्याम सुन्दरको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो।