एमाले विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने


काठमाडौँ ।

नेकपा एमालेका नेता प्रभु साह विधान महाधिवेशनमा सहभागी नहुने भएका छन् । आफ्नो मागको विषयमा कुनै टुंगो नलागेको बताउँदै साहले आफू महाधिवेशनमा सहभागी नहुने जनाएका छन् ।

साहले एमाले प्रवेश गरेका पूर्वमाओवादी समूहलाई ‘नेकपाकै निरन्तरता’ को रुपमा लिनुपर्ने माग राख्दै आएका छन् । साहले छलफलमा एमालेमा आवद्ध भएका ‘पूर्व माओवादी समूह’ लाई समूहगत रुपमा सम्वोधन गरिनुपर्ने माग राखेका थिए ।

तर, एमाले महासचिव ईश्वर पोखरेलले त्यसरी ‘पूर्व माओवादी समूह’ भन्दा गुटबन्दीको अर्थ लाग्ने भन्दै त्यस्तो पदावली प्रयोग नगरी सहमति गरौं भनेका थिए ।