प्रतितोला ९ सयले बढ्यो सुनको मूल्य


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेसँगै छापवाला सुन ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको थियो ।