कुमार पौडेल मृत्यु प्रकरण : जाहेरी दर्ता गर्न सर्वोच्चकाे आदेश, अनुसन्धानको ढोका खुल्यो



काठमाडौं ।

कुमार पौडेल मृत्यु प्रकरणमा सर्वोच्च अदालतले पिडित पक्षले दिएको जाहेरी दर्ता गर्न आदेश दिएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले सुरक्षाकर्मीले हत्या गरेको जनाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । तर, प्रहरीले भने उनी इन्काउन्टरमा मारिएको बताउँदै उजुरी लिएको थिएन । प्रहरीले उजुरी दर्ता नगरेपछि अनुसन्धान र कारवाहीका लागि दुर्गादेवीले सर्वोच्चको ढोका ढक्ढकाएकी थिइन् ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले तत्कालीन गृहन्त्री थापा र तत्कालीन प्रहरी प्रमुख खनालविरुद्ध परेको उजुरी दर्ता गर्न आदेश दिएसँगै उजुरी दर्ता हुने भएको हो । सर्वोच्चको आदेशपछि पौडेल मृत्य प्रकरणमा अनुसन्धानको ढोका खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्