काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले ठूला दलले जनताको म्यान्डेटअनुसार काम गर्न नसकेको बताउनुभएको छ ।
दसैँको पूर्वसन्ध्यामा आज आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष राणाले तत्कालीन नेकपा नेतृत्वको सरकारले जनताका पक्षमा उल्लेख्य काम गर्न नसकेको र वर्तमान सत्ता गठबन्धनले पनि त्यस्तो काम गर्ने कुनै सकारात्मक सङ्केत नदेखाएको जिकिर गर्नुभयो । अध्यक्ष राणाले आगामी निर्वाचनमा साना पार्टीलाई जनताले विजयी गराउनुपर्ने तर्क राख्दै आफ्नो पार्टी कुनै न कुनै गठबन्धनमा सामेल भएर निर्वाचनमा लड्ने जनाउनुभयो ।
प्रतिक्रिया