विन्दुले ल्याइन् तिम्रै हुन पाऊँ

94
Shares

आधुनिकदेखि पाश्र्व गायनसम्म आफूलाई अब्बल सावित गर्दै आएकी गायिका विन्दु परियारले नयाँ गीत ‘तिम्रै हुन पाऊँ’ सार्वजनिक गरेकी छिन् ।

सार्वजनिक गीतमा कमल खत्रीको शब्द रचना तथा संगीत रहेको छ भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन्। गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ। सार्वजनिक गीतको म्युजिक भिडियोमा विन्दु आफैं फिचर भएकी छिन्। विन्दुले आफ्नो यही गीतको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन्। भिडियोमा उनी प्रेमिल शैलीमा प्रस्तुत भएकी छिन्। शान थापाको निर्देशनमा बनेको म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका छन्। राजीव समरको कोरियोग्राफी रहेको म्युजिक भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। म्युजिक भिडियो विन्दुकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।