भारत र नेपालद्वारा भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगतिको समिक्षा


काठमाडौं

भारत र नेपालबीच आज भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी)को बैठक सम्पन्न भएको छ ।

बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा संचालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समिक्षा गरेको छ । आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५०,००० निजी घरको पुनर्निर्माण भएकोमा बैठकमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए । त्स्तै दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेका थिए ।

बैठक भारत सरकार विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सह–अध्यक्षतामा सम्पन्न भएको थियो ।