९५ लाख नेपाली रुपियाँ सहित दुई भारतीय पक्राउ

112
Shares

काठमाडौ ।

दुई भारतीय नागरिकलाई स्रोत खुलाउन नसकेको ९५ लाख नेपाली रुपिया सहित नागढुंगाबाट प्रहरीले पक्राउ गरेको छ । चितवनबाट काठमाडौ आउदै गरेको ग १ ख ६६४५ नम्वरको यात्रुबहाक बसबाट प्रहरीले उक्त रकम पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतीय नागरिक मुम्बईका सागर माली र सोही ठाउँका कूष्ण अढाडे रहेका छन ।

मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो ।पक्राउ परेका दुबैलाई परिसरले हिरासतमा राखेर अनुसन्धान सुरू गरेको छ ।

पक्राउ परेका भारतीय नागरिकलाई भोलि आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको एसएसपी सिंहले जानकारी दिनुभयो ।प्रहरीले ९ महिनायता काठमाडौंबाट साढै चार करोड बढी रकमसहित १७ जना हुण्डी कारोबारीलाई पक्राउ गरिसकेको छ ।